» » कांग्रेस र एमालेका नेताहरु फोरम नेपालमा


रौतहट चैत ५ गते । शनिबार गरुडामा आयोजित फोरम नेपालको पार्टी प्रवेश एवं आमसभामा नेपाली कांग्रेस र नेकपा एमाले लगायत अन्य विभिन्न पार्टी प्रभावशाली नेताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
पूर्व गाविस अध्यक्ष एवं नेपाली कांग्रेसका प्रतिष्ठित नेता इन्दुराय यादवको नेतृत्वमा कांग्रेसका नेताहरु फोरम नेपाल प्रवेश गरेको छ । कांग्रेसका अर्का नेता वीरेन्द्र कुमार यादवको नेतृत्वमा समेत नेता कार्यकर्ता फोरम नेपाल प्रवेश गरेका छन् ।
त्यस्तै, जयनगर गाविसका पूर्व अध्यक्ष एवं नेकपा एमालेका चर्चित नेता वीरेन्द्र यादवसहित एमाले नेताहरुले पार्टी परित्याग गरि फोरम नेपालमा आबद्ध भएका छन् ।
नवप्रवेशी कांग्रेस, एमाले र विभिन्न पार्टी परित्याग गरि फोरम नेपाल प्रवेश गरेका कांग्रेस, एमालेका नवप्रवेशी नेता कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अबीरले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..