» » महन्थ ठाकुरको चेतावनी, एमाले मधेशमा लठ्ठी लिएर आए नमस्कार पाउँदैन्


काठमाडौं, फागुन २१ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–काली अभियान सञ्चालन गरेकोले यसले मधेशमा द्धन्द्ध बढ्ने चेतावनी दिनुभएको छ  ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष ठाकुरले भन्नुभयो, ‘अहिले मधेश अशान्त अवस्थामा छ, जनतामा आक्रोश छ, ठाउँ–ठाउँमा आन्दोलनहरु भैरहेका छन्, यस्तो अवस्थाम एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले गलत समयमा गलत काम गरेको छ, यसले जनतामा गलत सन्देश प्रवाह भएको छ, यसले वातावरणलाई बिर्गाछ, स्थितिलाई भड्काउँछ, यो अभियानले परिस्थिति असहज बन्छ, अभियानबाट उत्पन्न परिस्थितिको जिम्मेवारी एमालेले नै लिनुपर्छ।’

अध्यक्ष ठाकुरले अहिले शान्तिपूर्ण आन्दोलनमा रहेको, यदि एमाले लठ्ठी लिएर आए उसले मधेशमा नमस्कार नपाउँने चेतावनी दिनुभयो ।’ यद्धपी उहाँले आफूहरु मधेशमा द्धन्द्ध नभएर शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनैपनि चुनाव हुन नसक्ने बताउँदै संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ, त्यसको विकल्प छैन, आफूहरुले उठाएका मागहरु मधेशका मात्रै होईनन, यी त देशकै माग रहेको बताउनुभयो ।
अध्यक्ष ठाकुरले संविधान जारी गरेझैं बलजफ्ती गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह हुने चेतावनी दिँदै सरकारले स्थानीय तहको निर्वाचनको मिति हतारमा घोषणा गरेर गम्भिर गल्ती गरेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले चुनावको मिति घोषणा गरेर् गल्ती गर्यो, अहिले संविधान संशोधन र निर्वाचन दुवै धरापमा परेको छ ।’
उहाँले सरकार गठन गर्दा काँग्रेस÷माओवादी केन्द्रले आफूहरुसँग गरेको तीन बुँदे सहमति अनुसार पहिले संविधान संशोधन गरेरमात्रै चुनाव गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, ‘हामी चुनावको विरोधी होईनौं, तर संशोधन नभईकन हामी चुनावमा भाग लिँदैनौं, मुलुकको प्रत्येक परिवर्तनको केन्द्रविन्दु मधेश रहँदै आएको छ, शासनको केन्द्रविन्दु काठमाडौं रहेको छ, त्यसैले हामी उठाएका माँगहरुपनि सम्बोधन हुनुपर्छ ।’
स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदनलाई आफूहरुले पहिलेदेखि नै अस्विकार गरेको बताउँदै उहाँले पूर्नसंरचना गर्दा जनसंख्यालाई ध्यान दिईएन, ५१ प्रतिशत जनताले जम्मा ३५ प्रतिशत पाउने अवस्था छ, तर ४९ प्रतिशतले ६५ प्रतिशत पाउने भएका छन्, यो अवैज्ञानिक र अव्यवहारिक हो, यसलाई सच्याउनुको विकल्प छैन ।’
अध्यक्ष ठाकुरले जनसंख्याको आधारमा पूर्नसंरचना नगर्दा बजेट विनियोजनमा समेत असर पार्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘बजेटको विनियोजनामा असर पार्छ, बजेट जाने भनेको नै युनिटहरुमा हो, त्यसैले कम जनसँख्या भएको ठाउँमा बढि बजेट जान्छ, र बढी जनसँख्या भएको ठाउँमा थोरै बजेट जान्छ, त्यसैले पूर्नसंरचना सुधार हुनुपर्छ ।’

त्यस्तै उहाँले स्थानीय तह प्रदेशको मातहतमा हुनुपर्ने भएपनि अहिले केन्द्रको मातहतमा चुनाव गर्न खोज्नु गलत भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयोे, ‘अहिले सरकारले तय पारेको प्रस्तावमा पनि हाम्रो असहमति छ, पूर्नसंरचना गर्दा जनसंख्याकै आधारमा हुनुपर्छ ।’

अध्यक्ष ठाकुरले मधेशी जनताले परिवर्तन र अधिकार माग राख्दा मधेश अलग्गै बनाउन खोजियो भनेर भ्रमात्मक प्रचार गरिएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मधेशलाई अधिकार दिँदा अलग्गै हुन्छ भन्ने भ्रम फैलाईएको छ, त्यो गलत सोच हो ।’

उहाँले मधेश सँधै आफ्नो प्रभावमा रहोस् भन्ने शासकहरुको चाहना रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रियताको नारा दिना साथ उनीहरुको औंला मधेशतिर हुन जान्छ, त्यस्तो परम्परा अब नेताहरुले त्याग्नुपर्छ ।’

उहाँले मधेशी मोर्चा वर्तमान सरकार विस्थापन गर्ने तयारीमा नरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सरकारलाई रिप्लेस गर्ने सोचमा छैनौं, हाम्रो ध्यान माग पूरा होस् भन्ने नै हो ।’ यद्धपी उहाँले मोर्चा कसरी अघि बढ्ने बारेमा अब बस्ने बैठकमा छलफल हुने जनाउँदै यदि संशोधन प्रस्ताव पारित भएन भने, आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..