» » उपेन्द्र यादवको आरोपः सरकारले मधेशीलाई लडाउन खोजेको छ

रौतहट चैत ५ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको मुद्दालाई सम्बोधन नगरेसम्म कुनै पनि शक्तिले चुनाव ग राउन नसक्ने चेतावनी दिनुभएको छ ।
गणतन्त्र मुलभुत समावेशी मद्दालाई संवोधन गर्न यो  संविधान असफल भएको दावी गर्दै अध्यक्ष यादवले यो संविधानलाई निर्वाचन भन्दा पहिले संविधान संशोधन गरी मधेश लगायत नेपालमा बस्ने विभिन्न सिमांकृत समुदायको मुद्दालाई सम्बोधन गरी संविधानमा मजबुतीको साथ संघीय लोकतान्त्रिक गणतन्त्र र देशको राष्ट्रिय पहिचानका मान्यतालाई अस्पष्ट रुपमा व्यवस्थित गर्ने बताउनुभयो ।
संविधानभित्र रहेका त्रुटिलाई समयमै सुधार गर्ने काम छाडेर मधेशीबीच लडाउने षड्यन्त्र भइरहेको दावी गर्दै उहाँले तीन दलका नेताका सोच र चिन्तन गलत भएको कारणले मुलुक अन्धकारतिर गइरहेको दावी गर्नुभयो ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नु नै अवैधानिक रहेको उल्लेख गर्दै काठमाडौँका सरकारको मधेश वा कुनै प्रान्तको निर्वाचन गराउने अधिकार नरहेको उल्लेख गर्नुभयो ।
स्थानीय पुनः संरचनामाथि घोर आपत्ति रहेको बताउँदै उहाँले स्थानीय निर्वाचन गराउने नाममा मधेशमा दमन हुन लागेको आरोप लगाउनुभयो । संविधानमा लेखिएको छ कि स्थानीय तह हुन्छ जसमा गाउँपालिका, नगरपालिका साथ साथ विशेष क्षेत्र स्वायत क्षेत्र एवं संगठित क्षेत्र तर त्यो क्षेत्रको संरचनालाई अगाडी नबढाई बाईपास गरी आफनो मनमानी तरिकाले बनाउन लागेको आरोप उहाँले लगाउनुभयो ।
जनसंख्याको अधारमा निर्वाचन क्षेत्र घोषण गरेर अगाडी बढ्दा राम्रो हुने बताउँदै उहाँले अहिले हुन लागेको निर्वाचन संघीयताको भावना विपरीत रहेको दावी गर्नुभयो ।
माओवादी केन्द्रले गणतन्त्रको कुरा उठाउदा पनि त्यहाँ संघीयता नभएर जातिय सुशासनका कुरा देखा परेका थिए । संविधान संशोधन प्रस्ताव संसदमा रहेको छ त्यो विधेयक अर्थहिन जसले न मेधशीको मुद्दा न अन्य जनजातिको मुद्दालाई संम्बोधन गर्न सकेको उहाँले दावी गर्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..