» » गच्छदारले भन्नुभयो, गच्छदार काँग्रेस पार्टीमा जाँदैछ भनि हल्ला निराधार

सुनसरी चैत ८ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले समस्या समाधान नगरेमा चुनाव हुनेमा आशङ्का रहेको बताउनुभयो ।

सुनसरी सदरमुकाम इनरुवामा आज पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘देशको वर्तमान अवस्था र ठूला दलको चरित्र एवम् हठका कारण तोकिएको समयमा चुनाव हुनेमा आशङ्का बढेका छन् ।’

अध्यक्ष गच्छदारले अहिले राष्ट्रको राजनीतिक अवस्था निकै बिग्रेको छ, त्यसैले यसलाई ध्यानमा राखी हिड्नुपर्दछ भन्दै समयमा समस्या समाधान नगरे देश दुर्घटनामा जान सक्ने सम्भावना रहेको बताउनुभयो ।

एक फरक प्रसङगमा उनले नेपाली काँग्रेसका नेताहरुले गच्छदारलाई र आफ्नो पार्टीलाई काँग्रेसमा भित्रयाउने कुरा हल्ला मात्रै भएको स्पष्ट पार्नुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..