सप्तरी चैत १३ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौलाई नरहेको बताउनुभयो ।
मधेशको स्थानीय चुनाव गराउने अधिकार मधेश सरकारको छ, उहाँले भन्नुभयो, हामीले भनियौं, यदि चुनाव गराउनुछ भने केन्द्रको गराउनुस्, केन्द्रको चुनाव गराएर स्थानीय तह दुरुस्त गराएर मात्र स्थानीय चुनाव गराउनुपर्छ ।’
सप्तरीको मलेठमा भएको श्रद्धाञ्जलीसभामा बोल्नु हुँदै अध्यक्ष यादवले भने, यो अन्तिम चुनाव होइन, भेदभाव अन्त्य नभएसम्म चुनाव हुँदैन, चुनाव हुँदैन आन्दोलन हुन्छ ।’
सिमांकनलाई कुनै पनि हालतमा थाँती राखेर वा छाडेर कुनै पनि हालतमा सहमति हुँदैन भन्दै उहाँले सिमांकनलाई हल नगरिकन कुनै पनि समस्या समाधान नहुने चेतावनी दिनुभयो ।
भिडियो–घनश्याम मिश्र
No comments: