काठमाडौ, फागुन २३ गते । सप्तरीमा भएको घटनालाई लिएर रौतहटमा एकजना एमाले कार्यकर्तालाई कालोमोसो दलेको छ ।
आक्रोशित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले एमाले जिल्ला प्रचार विभाग प्रमुख मणीशंकर निधिलाई कालोमोसो दलेको सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले जानकारी गराउनुभयो ।
त्यसैगरि, स्रोतका अनुसार सिरहाको गोलबजारमा आक्रोशित समुहले एउटा ट्रकमा आगजनी गर्नुको साथै थुप्रै गाडीमा तोडफोड गरेको छ ।
No comments: