» » मुसहर बस्ती बनाउन सहयोग

महोत्तरी चैत ५ गते । प्रवासी नेपाली मञ्च, स्पेन शाखाले आज महोत्तरी जिल्लाको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि तीन लाख तीन हजार ६७० रुपियाँ रकम सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

स्पेनमा रहेका नेपालीबाट सङ्कलित सो रकम नमुना बस्ती परियोजनास्थलमा आयोजित एक कार्यक्रमबीच मञ्चका स्पेन शाखाका संस्थापक अध्यक्ष पुष्प तिमिल्सिना र कोषाध्यक्ष दिनेश रेग्मीले बस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) लाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष तिमिल्सिनाले फाउन्डेसनले राष्ट्रिय एकता र आपसी सद्भाव वृद्धिसँगै गरिबको उत्थानका लागि गरेको प्रयत्न प्रशंसनीय भएको बताउनुभयो ।

हास्यकलाकार धुर्मुसले संसारभरि छरिएर रहेका मनकारी नेपाली र अन्य सहयोगीको साथ पाएर नै आपूm मुसहर बस्ती निर्माणमा जुटेको बताउनुभयो ।

सोही कार्यक्रममा बर्दिवास–१ का देवेन्द्र गौतमले बस्ती निर्माणमा आफ्नोतर्फबाट एक लाख २५ हजार १०१ फाउन्डेसनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गर्नुभएको थियो ।

गत पुस २५ गतेदेखि निर्माण थालिएको नमुना बस्ती निर्माणको अनुमानित लागत रु चार करोड ३८ लाख रहेको छ ।

बस्ती निर्माणको कार्य चैत मसान्तमा सकेर आउने नयाँ वर्षका दिन मुसहरहरुलाई हस्तान्तरण गरिने फाउन्डेसनले यसअघि नै घोषणा गरिसकेको छ ।

नमुना बस्तीमा ५० मुसहर परिवारका लागि बिजुली, खानेपानी, शौचालय, सडक सुविधासहितका अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधी घर बनेको धुर्मुसको भनाइ छ ।

घर निर्माणको कार्य लगभग ८० प्रतिशत सम्पन्न भएको फाउन्डेसनले जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..