» » उपेन्द्र यादवको आरोप, सप्तरी घटना तीन दलको योजनामा

भक्तपुर फागुन २५ गते । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दल र सुरक्षा निकायले योजनाबद्व ढंगले सप्तरी घटना गराएको गम्भीर आरोप लगाउनु भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र सुरक्षा निकायले नियोजित रुपमा सप्तरी घटना गराएको यादवले आरोप लगाउनुभयो ।

राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले प्रधानमन्त्री, गृह मन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी  घटना घटाएको भन्दै लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको विरोध अरुले पनि गर्न पाउने भएपनि मधेशी मोर्चाका कार्यकर्तालाई छानी छानी टाउकोमा गोली हान्नु योजनाबद्व रहेको खुलासा गर्नुभयो ।

संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले भन्नुभयो,–‘सप्तरी घटनामा टाउको र छातीमा मधेशी मोर्चाका कार्यकर्तालाई गोली लाग्नु र प्रहरी तथा एमालेका एकजना पनि कार्यकर्ता घाइते नहुनेले घटना सुनियोजित भएको पुष्टि हुन्छ ।’

एमालेले आफना शीर्ष नेताको हप्ता प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको बताउँदै सुनियोजित रुपमा घटाइएको घटनाको जति निन्दा र विरोध गरेपनि कम हुने बताउनुभयो ।
प्रधानमन्त्रीसँगको भेटमा मोर्चाको मागको सुनवाई नगर्ने भन्ने उत्तर आएपछि उहाँले सरकारलाई दिएको समर्थन मधेशी मोर्चाको आजको बैठकले फिर्ता लिएको बताउँदै आजबाट सरकार अल्पमतमा परेको बताउनुभयो । एक हप्ताको अल्टिमेटम दिएर सरकारको समर्थत फिर्ता लिने अडान लिएको उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन नहुने बताउँदै उहाँले संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने बताउनुभयो । स्थानीय संरचनाको टुंगो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नुले निर्वाचन नगर्ने षड्यन्त्र भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘निर्वाचन गर्ने भनियता पनि यो भ्रामक रहेको भन्दै केन्द्र र प्रदेशको निर्वाचन पश्चात् मात्र स्थानीय तहको निर्वाचन हुन्छ । तोकेको समयमा निर्वाचन गर्न नसक्ने र मधेश बिना नै निर्वाचन गर्छौ भन्नु गैरजिम्मेवारपन हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको क्रममा संविधान संशोधनको प्रतिबद्धता जनाए पनि प्रतिबद्वता पूरा नगरेर अन्तर्राष्ट्रिय छवी गुमाएको टिप्पणी गर्नुभयो ।

राजदूत नियुक्ति, प्रहरी महानिरीक्षक चयन जस्ता धेरै विषयमा सरकार चुकेको छ । सरकार तस्कर, भू–माफियाको चंगुलमा फसेकाले संविधान कार्यान्वयनमा भन्दा तस्कर धन्दामा लागेको छ ।’
 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..