» » एमाले पार्टी परित्याग गरी तमलोपामा प्रवेश


बारा चैत १२ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जीतेन्द्र सोनलले चैत मसानसम्म संविधान संशोधन नभए बैशाखको पहिलो हप्तादेखि भीषण आन्दोलन हुने चेतावनी दिनुभएको छ ।

आज बाराको प्रस्टोका गाविसस्थित हरपुर टोलमा पार्टी प्रवेश कार्यक्रममा बोल्नु हुँदै नेता सोनलले सरकारले यथास्थितीमा चुनाव गर्न खोजे भिडन्त हुने चेतावनी दिनुभयो । र, त्यसबाट हुने क्षतिको सरकार स्वयं जिम्मेवार हुने समेत चेतावनी दिनुभयो ।

अधिकार प्राप्तिको आन्दोलनमा सरकारले गोली चलाएर ठूलो भुल गरेकाले सरकार र चुनावको बिरोधमा बैशाखको पहिलो हप्तादेखि हुने आन्दोलनको तयारी गर्न कार्यकर्तालाई उहाँले निर्देशन दिनुभएको छ ।

कार्यक्रममा महमद सोभरती मिया अन्सारीको नेतृत्वमा ५० जनाले एमाले पार्टी प्रत्याग गरि तमलोपामा प्रवेश गरेक छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..