» » सदभावना पार्टीलाई नयाँ गाउँ र नगरपालिका अमान्य

काठमाण्डौ चैत ६ गते । सद्भावना पार्टीको राष्ट्रीय कार्य सम्पादन समितिको बैठकले सरकारद्वारा गठित नयाँ गाउँ रनगरपालिका मान्य नहुने निर्णय गरेको छ ।

समसमायिक राजनितीक र सद्भावना पार्टीको आसन्न छैठौं महाअधिवेसनलाई लिएर बोलाईएको संसदीय समिती र सबै जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रीय कार्य सम्पादन समितिको बैठकले सरकारद्वारा गठित नयाँ गाउँ र नगरपालिका मान्य नहुने निर्णय गरेको छ ।

जेष्ठ १, २ र ३ गते तोकिएको पार्टीको छैठौं महाअधिवेसनको निम्ती गाउँ, नगर वार्ड र नगर अधिवेशन पुरानै गाउँ विकास समिती, नगर वार्ड र नगरपालिकाकै आधारमा गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी गराउनु भयो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनसँख्यको आधारमा नभएसम्म सरकारद्वारा गठित नयाँ गाउँ र नगरपालिका नमान्ने भन्दै आएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..