» »Unlabelled » सरकारले संशोधन विधेयक पारित गराउन नचाहेका सद्भावनाको ठहर

काठमाडौ फागुन १९ गते । सरकारले सविधान संशोधन विधेयक परिमार्जनसहित पारित गराउन नचाहेको सद्भावना पार्टीले ठहर गरेको छ ।

आज बसेको पार्टीका आक्समिक बैठकले सो ठहर गरेको हो । हिजो सरकारसँग भएको वार्ता सो कुरा स्पष्ट भएको पार्टीले जनाएको छ ।

माआवादी केन्द्र, काँग्रेसले सविधान संशोधन विधेयक पारित गराउँदैन भने आफूहरुलाई लागेको थिएन, सो पार्टीका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले भन्नुभयो, हामी आशा गरेर बसेका थियौं, तर उनीहरुले संशोधन विधेयक पारित गराउन चाहेन ।’

अब आन्दोलनबाहेक अरु कुनै विकल्प नरहेको ठहर बैठकले गरेको छ । उहाँले सरकारलाई दिएको समर्थनको बारेमा पनि मधेशी मोर्चाको अगामी बैठकले निर्णय लिने बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..