» » रौतहटमा आज यसरी च्यातियो बोर्डहरु


रौतहट चैत २ गते । आज रौतहटमा विभिन्न ठाउँमा नयाँ संरचनाको बोर्ड हटाउने कार्य मधेशी मोर्चा अवद्ध दलले गरेका छन् ।
जिल्ला विकास समितिमा जिल्ला समन्वय समितिको बोर्ड लगाएपछि नेता तथा कार्यकर्ताले त्यसलाई च्यातेर हटाएको छ भने रौतहट क्षेत्र नं ४ अन्तर्गत हाल घोषणा गरेका माधव नारायण गाउँ पालिकालाई माधोपुरमा उद्वघाटन गर्न विभिन्न तयारी गरि पुगेका कर्मचारीहरुलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता श्यामविहारी यादवको अगुवाइमा सो गाउँपालिका कार्यक्रमलाई विरोध विभिन्न विरोध गरि त्यहाबाट कर्मचारी लाई धपाई बैनर समेत च्यातेका छन ।

मधेशी जनताको हकअधिकार सुनिश्चित नगरी सरकारले आफ्नो मनोपोलि तरिकाले मधेशी जनताहरुलाई पटक पटक जिस्काउने काम गरेकोेले यसलाई मधेशी जनता कुनै पनि हाल्तमा न मान्ने मोर्चाका नेता यादवले बताउनु भएको छ ।

उहाँले भन्नुभयो, जुन संविधानलाई मधेशीले मानेकै छैन भने त्यस अन्तर्गत कुनैपनि नियम कानु लागु हुन मधेशका जिल्लाहरुमा हामी मधेशी जनता दिदैनौ ।

त्यस्तै दुर्गा भगवती गाउँ पालिकाको विरोध पूर्व सभासद बबन सिंहका अगुवाइमा भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..