अमेरिका, १० मार्च । विभिन्न कामको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका मधेशी समुदायले यस वर्ष होली नमनाउने भएका छन् ।
अमेरिकास्थित मधेसीहरुको सङ्गन एसोसियसन अफ नेपाली तराईअन इन अमेरिका (एण्टा), न्यूयोर्क च्याप्टरका सभापति सुभाषकुमार बैठाले सप्तरी घटनापछि पुरा मधेस र मधेसी समुदाय शोकमा डुबिरहेको अहिलेको अवस्थामा अमेरिकामा मधेसी समुदायले होली मनाउनुको कुनै औचित्य नरहेको बताउनुभयो ।
न्यूयोर्क च्याप्टरले १० मार्चका दिन होली उत्सव मनाउन भव्य तयारी गरेको थियो ।
नेकपा (एमाले) द्धारा सञ्चालित मेची–महाकाली अभियानको क्रममा फागुन २३ गते सप्तरीको राजविराजमा प्रहरी र मधेसी मोर्चाबीच भएको झडपमा प्रहरीको गोलीबाट अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेका छन् ।
न्युयोर्क च्याप्टरका साथै वासिगटन डिसी , टेक्सास लगायतका राज्यहरुमा विगतदेखि धुमधामका मनाउँदै आइएको होली यसपाली कुनै पनि च्याप्टरमा नमनाइने र मृतक प्रति श्रद्धान्जली र परिवार प्रति सहानुभूति का लागी श्रद्धाणजली सभा , क्यान्डल लाइट जस्ता कार्यक्रम हरू गर्ने तथा पीड़ित लाई केही आर्थिक सहयोग पनि गर्ने जानकारी सभापति बैठाले दिनुभयो ।
No comments: