सप्तरी फागुन २४ गते । गोली लागेको ६ जना मध्ये ५ जनाको अप्रेसन सकिएको छ । मृत्यु भएको भनीएका दिगम्बर यादवको केही बेरमा अप्रेसन हुने बताइएको छ ।
हिजो राजविराजमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीलले गरेको आन्दोलनमा घाईते भई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार्थ भर्ना भएको १५ जना मध्ये हिजो बेलुका नै दुई जना (पिताम्बर मण्डल र आनन्द साह) को उपचारको क्रममा मृत्यु भएको थियो । संजन मेहताको घटनास्थलमै मृत्यु भएको थियो ।
गोली लागि घाईते भएका ६ जना मध्ये ५ जनाको अप्रेसन गरी गोली निकालिएको छ । दिगम्बर यादबको पिठ्युमा लागेको गोली निकाल्न बाँकी छ । राती सिटी स्क्यान हुन नसकेकोले गोली निकाल्न नसकिएको असपताल स्रोतले जानकारी गराएको छ ।
इनर यादवको पेटमा गोली लागेको थियो । आन्द्रा समेत बाहिर निसेको अवस्था थियो । तर अप्रेसन सफल भएको छ । उहाँ पनि खतरा मुक्त भइसकेको बताइएको छ ।
विरेन्द्र महतोको पनि पेटमा लागेको गोली अप्रेसन गरि निकालिएको छ । दिलीप यादवको छातीमा लागेको गोली निालिएको छ ।
सुरेन्द साहको घाटीमा लागेका गोली पनि झिकिएको छ । अरुण कुमार यादव र दिनेश साहलाई लागेको गोली तथा छर्रा निकालिएको बताइएको छ ।
बाँकी गोलीको छर्रा तथा झडपमा घाईते भएका अन्य ६ जनाको अवस्था समान्य रहेको र उनीहरुलाई आजै डिसचार्ज गरिने अस्पताल स्रोतले जानकारी गराएको छ ।
–भोला पासवानबाट
No comments: