काठमाडौं, चैत १३ गेत –सरकारले ६ वर्षअघि भारतीय सीमा सुरक्षाबल एसएसवीको गाली लागेर मारिएका मोरङका वासुदेव शाहलाई क्षतिपूर्ति दिने भएको छ ।
मोरङ जिल्लाको अमाही बरियातीका वासुदेब शाहको ६ वर्ष अघि भारतीय सीमा सुरक्षा बलको गाली लागेर मृत्यु भएको थियो । उनको परिवारले अझै राहत नपाएको भन्दै आलोचना भएपछि शाहको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिन लागेको हो ।
भोलि हुने पूर्बाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि गृहमन्त्री विमलेन्द्र निधिले शाहका परिवारलाई बिराटनगरमा क्षतिपूर्ति बापतको चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
२०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट शाहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसेको बैठकले क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो ।
No comments: