» » दुर्घटनामा दुईको मृत्यु


सिरहा, फागुन १९ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित सडकमा बसको ठक्करबाट गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको देवीपुर–९ निवासी ३७ वर्षीय सुरेन्द्र महतो रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना४ख १४६० नंको बसले विपरीत दिशाबाट आउँदै गरेको स५प ७२३४ नंको मोटरसाइकललाई गएराति ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए ।

घाइते महतोको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

यसैगरी सिराहाको मिर्चैया नगरपालिका–८ मझुवा टोलमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

स्थानीयवासी फुलगेन रायको एकतले पक्की घरमा अचानक आगलागी हुँदा कोठामा सुतिरहेका ३९ वर्षीय प्रदीप रायको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । आगलागीबाट कोठामा रहेको सम्पूर्ण सामानसमेत जलेर नष्ट भएको र क्षतिको पूर्ण विवरण सङ्कलन कार्य भइरहेको प्रहरीले जनाएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..