» » महन्थ ठाकुरले प्रचण्डलाई भन्नुभयो, तपाई चुनाव गराउनुस् हामी के नै गर्न सक्छौ र


काठमाडौ फागुन १८ गते । आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्पष्ट रुपमा भनिसकेको छ कि तपाईहरुको हातमा सबै थोक छ, जे जे गर्नुछ गर्नुस्, तपाईहरु चुनावमा जानु भयो भने हामीले केही विगार्न सक्दैनौ, हामी के नै हौं र । तर सविधान संशोधन नभएसम्म हामी चुनावमा भाग लिदैनौ, परिमार्जनसहित संशोधन विधेयक पारित गर्नुस् अनि हामी भाग लिन्छौ ।’

प्रधानमन्त्री प्रचण्डले संशोधन विधेयक थाँती राखेर चुनावमा भाग लिऔं भनेपछि मधेशी मोर्चाका नेता एवं तमलोपाका अध्यक्ष महन्थ ठाकुरले त्यस्तो कुरा राख्नुभयो ।

बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले सिमांकनसहित सविधान संशोधन गर्न तत्काल अवस्थामा गाह्रो भएको हुनाले सिमांकन बाहेक अन्य विषयमा सहमति गरेर सविधान संशोधन गरी चुनावमा सहभागि हुन आग्रह गरेको स्रोतले जनाएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..