» » सुनिल रञ्जन सिहले यसकारणले दिनुभयो रााजिनामा

काठमाडौ, फागुन २३ गते । सरकारले आयोगको गरिमालाई सम्मान नगरेको भन्दै स्थानीय पुनःसंरचना आयोगका सदस्य सुनिल रञ्जन सिहले आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।

सविधानले निर्धारण गरेको हैसियतलाई सरकारले नै अस्वीकार गरेको छ, उहाँले भन्नुभयो, आयोगले गरेको कामप्रति सरकारले अविश्वास गरेको जस्तो देखिएको कारण त्यहाँ बस्नुको अर्थ नरहेको कारण मैले राजिनामा दिएको हुँ ।

विशेष संरक्षित क्षेत्र तथा स्वायत्त क्षेत्रको व्यवस्था गर्ने सविधानमै व्यवस्था छ तर त्यसको व्यवस्था गरेको छैन साथै स्थानीय तहसँख्या दुई नम्बर प्रदेशमा मात्र गरेको छ । यदि मधेशमा मात्र सँख्याको आधारमा वृद्धि गरेको छ भने मधेश आठ जिल्ला मात्र होइन, मधेशका अन्य जिल्लामा पनि गर्नुपथ्र्यो उहाँको तर्क छ ।

सरकारले आयोगको प्रतिवेदनमाथि छानविन गर्न बनेको कार्यदलले तयार पारेको प्रतिवेदनलाई स्वीकृत गरेको भोलीपल्ट उहाँले राजिनामा दिनुभएको हो । उहाँले यसअघि पनि आयोगको प्रतिवेदनमा फरकमत लेख्नुभएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..