» » प्रधानमन्त्री महिला भलिबलको उपाधि भारतको रेल्वेको पक्षमा


नेपालगन्ज, फागुन १९ गते । चौथो संस्करणको यहाँ सञ्चालित प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेल्वे टोलीको पक्षमा गएको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतको रेल्वेले नेपालको सशस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । स्थानीय रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगितामा रेल्वेले सशस्त्र प्रहरी टोलीलाई २७—२५, २५—१७ र २५—२२ अङ्कले पराजित गरेको थियो ।

उपाधिसँगै रेल्वेले रु एक लाख ११ हजार नगद हात पारेको छ भने सशस्त्रले रु ५५ हजार र कप तथा प्रमाणपत्र प्राप्त गरेको छ । सो प्रतियोगितामा दुई भारतीय र चार नेपालका गरी कुल छ टोलीको सहभागिता थियो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..