» » तेस्रो ईन्डो नेपाल तङ् – इल – मो– दो खुल्ला प्रतियोगिता वर्दिवासमा हुने


धनवीर महतो
महोत्तरी, फागुन २३ गते । महोत्तरीको वर्दिवासमा अन्र्तराष्ट्रियस्तरको तेस्रो ईन्डो नेपाल  तङ् – इल – मो– दो खुल्ला  प्रतियोगिताको आयोजना हुने भएको छ ।

 तङ् – इल – मो– दो संघ महोत्तरीले वर्दिवासस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अगामी बैशाखको पहिलो हप्तामा २ दिने प्रतियोगिताको आयोजना हुने भएको छ ।

संघका जिल्ला अध्यक्ष जितेन्द्र चौधरीले करिब ५ लाखको लागतमा सो खेल सम्पन्न हुने जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल र भारतका महिला र पुरुष गरि २ सय खेलाडीहरु सहभागी जनाईने चौधरीले बताउनुभयो ।

वर्दिवास सेवा समितीको प्राङ्गणमा आयोजना हुने सो प्रतियोगितामा १८ बर्षका उमेर समुह देखि ५५ बर्ष उमेर समुहका खेलाडीले सहभागी जनाईने संघका सन्जीप चौधरीले बताउनुभयो ।

यसभन्दा अगाडि झापामा दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको हो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..