राकेश यादव
रौतहट १२ चैत्र ।
रौतहटको उतर पुर्वीभेग बिश्रामपुर गाविस स्थित गोली लागेर घाईते शिक्षक राम एकवाल यादवको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
कन्चटमा गोली लागेर गम्भिर अवस्थामा उपचारको क्रममा शिक्षक यादवको काठमाण्डौ स्थित बयोधा अस्पताल मा शनिवार बिहान चार बजेर १० मिनेटमा मृत्यु भएको संगै रहेका उनका भान्जा एवं शिक्षक देवेन्द्र यादवले बताएका छन ।
हेटौंडा स्थित चुरेहिल अस्पतालमा टाउकोको अपरेसन पछी अवस्था गम्भिर हुँदा घाईते यादवलाई बिहिवार साँझ हेलिकप्टर बाट थप उपचारको लागी काठमाण्डौ लगिएको थियो ।
बिश्रामपुर चार स्थित आफनै घरमा सुतिरहेका शिक्षक यादवलाई गत बुधवार राती एकबजे झयाल बाट गोली प्रहार गरीएको थियो ।
अज्ञात मानिसले चलाएको गोली शिक्षक यादवको कन्चटमा लागे लगतै उपचारको लागी एम्बुलेन्स बाट हेटौंडा स्थित चुरेहिल अस्पतालमा लगिएको थियो ।
घटनामा संलग्न रहेको आसंकामा दुईजनालाई नियन्त्रणमा लिएर घटना बारे आवशयक अनुसंधान भईरहेको ईप्रका गरुडाका प्रमुख प्रहरी निरिक्षक केशव रेग्मीले बताएका छन ।
मकवानपुरको डाँडाखर्क स्थित कमलामाई माबीमा अध्यापन गराउदै आएका ४२ बर्षिय शिक्षक रामएकवाल यादव एसईई परिक्षा शुरुहुनु अघि घर बिदामा बिश्रामपुर आएका थिए ।
यादवको टाउको बाट बरामद गोलीको नमुना अनुसार ठुलो हतियारमा प्रयोग हुने प्रहरीको प्रारम्भिक अनुमान रहेको सो बारे थप अनुसंधान भईरहेको प्रहरी निरिक्षक रेग्मीले जानकारी दिएका छन ।
जिल्ला प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले घटना बारे गम्भिररुपमा अनुसंधान जारीरहेको र केही समयमा सफल्ता पाउने बिश्वास ब्यक्त गरेका छन ।
No comments: