बाँके चैत्र १ गते । बाँकेमा मधेशी मोर्चाको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीको ठूलो समूहले स्थानीय समुदायको घरघरमा पसेर तोडफोड गरेको छ ।
मधेशी मोर्चाका अनुसार प्रहरीले सोनपुरका स्थानीय मधेशी समुदायका जनताको घरघरमा प्रवेश गरी गुण्डागर्दी शैलीमा तोडफोड गरेको छ ।
तोडफोडका क्रममा अश्लील गाली गलौच गर्दै घरमा रहेका महिलाहरुलाई पनि प्रहरीले कुटपिट गरेको छ । प्रहरीको ज्यादतीपूर्ण कुटाईले केही महिलासहित दुई दर्जन स्थानीय घाइते भएका छन् । प्रहरीले बालबालिकालाई समेत कुटपिट गरेको छ ।
प्रहरीले स्थानीय जनताको घरमा पसेर तीन वटा मोटरसाइकल पनि तोडफोड गरेको आरोप मोर्चाले लगाएको छ । शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न प्रहरीको ज्यादती बढेपछि स्थानीय प्रशासनको अभद्र रवैयाप्रति मधेशी जनताको आक्रोश बढेको बताइएको छ ।
बाँकेको सोनपुरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका जनतामाथि प्रहरी अन्धाधुन्ध अश्रुग्यास तथा लाठी प्रहार गर्दा ३० भन्दा बढी स्थानीय घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते भएका १४ जना उपचारका लागि मेडिकल कलेज नेपालगञ्जमा भर्ना गरिएको संघीय समाजवादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दीन राईनले जानकारी दिनु भएको छ ।
नेपालगञ्जमा आज एमालेले जनसभा गरेको थियो । त्यसमो विरुद्धमा मधेशी मोर्चाले शान्तिपूर्ण विरोध गर्दा प्रहरीले कुटपिट गरेको मोर्चाको आरोप छ ।
No comments: