सप्तरी, फागुन–२२ गते । रेडक्रश भवनलाई एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने पार्टीको मेची महाकाली अभियानका लागि प्रयोग गरेको भन्दै उहाँलाई सो भवनाबाट निकालेको छ ।
अध्यक्ष न्यौपाने रेडक्रशको भवन भाडामा लिएर त्यहाँ इन्स्टिच्युट सञ्चालन गर्नुको साथै त्यही डेरा लिएर पनि बस्दै आउनु भएको थियो ।
आफ्ना केही नेता कार्यकर्तासँग अभियानको तयारीका लागि बैठक बस्दै गरेको अवस्थामा न्यौपानेलाई रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले भवनबाट निकाल्नु भएको हो ।
रेडक्रस सभापति जोगेन्द्र भगतले रेडक्रसको भवन एमाले पार्टीलाई भाडामा दिएको होइन, इन्स्टिच्युट सञ्चालन गर्नका लागि दिएको बताँउदै भन्नुभयो, ‘मैले यो भवन जगदम्बा टेक्निकल इन्स्टिच्युट चलाउनका लागि दिएको हुँ, पार्टी कार्यालय खोल्नका लागि हैन, रेडक्रसले आफ्नो कार्यालय हाताभित्र कुनै पनि राजनीतिक कार्यक्रम गर्न दिइदैन । त्यसैले उनीहरूलाई निकालेका हौं ।’
No comments: