सप्तरी फागुन २२ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको चेतावनीपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजविराजमा गर्न लागेको सभालाई स्थगित गरेको छ ।
मधेशी मोर्चाका कार्यकर्ताले राजविराजमा एमाले अध्यक्ष केपी ओली सहभागी हुने कार्यक्रम विथोल्ने चेतावनी दिएपछि एमालेले अन्तिम समयमा आएर स्थगित गरेको हो ।
राजरंगशालामा गर्ने तयारी गरिएको कार्यक्रम तीन किलोमिटर उत्तर मलेठ गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सार्ने तयारी गरिएको एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले बताउनुभयो
एमालेले सोमबार फागुन २३ गते राजविराजस्थित राजरंगशालामा कार्यक्रम गर्ने तयारी गरेको थियो । औद्योगिक क्षेत्रमा कार्यक्रम गर्ने एमालेको तयारीपछि मोर्चाका कार्यकर्ताहरूको जुलुस आइतबार बिहानैदेखि त्यस क्षेत्रलाई घेराउ गरेको छ ।
मुलगेटमा टायर बाल्दै मोर्चा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । कालो झण्डा, मोटरसाइकल र्यालीसहित मोर्चा कार्यकर्ताहरु प्रदर्शनमा छन् ।
यता, गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रका हाकिम संजय थापा भन्छन्, मलाई बलीको बोका नबनाई देउ, भर्खर बामे सर्न लागेको औधौगिक क्षेत्रलाई कुरूक्षेत्र नबनाउ। राजनीतिक अखडा नबनाईदेउ। मेरो कुरा सुन्नै चाहदैन सप्तरी प्रशासन ।
No comments: