राकेश यादव
रौतहट १२ चैत्र ।
रौतहटको पिप्रापोखरीया गाविस घर भई काठमाण्डौ बस्दैआएका ब्यवशाई अरुण चौधरी अर्का ब्यवशाई चावहिल घर भएका कविन्द्र जोशीको ब्यक्तीगत करीव दुईलाख रुपैयाको लगानीमा प्रावी डुमरियाका दुईसय ७५ छात्र छात्रालाई एक समारोह बिच जुता,मोजा,बितरण गरीएको हो ।
काठमाण्डौ स्थित होम फिनिसिंग सामान सप्लाईगर्ने दुईजना ब्यापारीले रौतहटको एक बिधालयका सबै छात्रछात्रालाई बिधालय पोशाकमा मिल्ने छालाको जुता मोजा बितरण गरेका छन ।
सो अवसरमा काठमाण्डौ बाट झण्डै तिनसय किलोमिटर टाढा रौतहटको ग्रामिणभेग डुमरिया पुगेर छात्र छात्रालाई प्रोतसाहन दिन पाउदा आफुहरु गौरवान्वित महशुस गरीरहेको ब्यापारी द्धय चौधरी र जोशीले धारणा राखेका थिए ।
साथै भवन,पोशाक,फर्निचर र बाताबरण जस्तो सुकै भएपनी पढिने अक्षर एउटै हुने भएकाले मन लगाएर पढन चौधरी र जोशीले छात्र छात्रालाई हौस्याएका थिए।
बाबा डिस्टीलरी बिर्ताका संस्थापक एवं प्रावी डुमरीयाका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष रामश्रे प्रसाद जयसवालको सभापतित्वमा आयोजित समारोह
मा रातोपाटीकर्मी संजय मिश्रा,पिप्रापोखरीया गाविसका पुर्व उपाध्यक्ष रामबालक यादव,पुर्व शिक्षक अछेलाल यादव लगायतकाले ग्रामिणभेगका छात्र छात्रालाई बिधालय पोशाकमा मिल्ने जुता मोजा बितरण गरेर उदाहरणिय काम गरेको भन्दै ब्यवशाई द्धय चौधरी र जोशी प्रती आभार प्रकट गरेका थिए ।
No comments: