» » मधेशी विद्यार्थीलाई एक्सपेल्ड गर्नुको यस्तो छ कारण

काठमाडौ चैत १२ गते । त्रिभुवन विश्व विद्यालयले जानी जानी मधेशको विद्यार्थीहरुलाई फेल गराउने गरेको दावी सरकारबालाहरुले गर्नुभएको छ ।


राजधानीमा आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले त्रिविले मधेशमा कलेजहरुमा जानी जानी एक्सपेल्ड गर्ने गरेको दावी गर्नुभयो । एकजना सकैले चोरी (चिटिङ) गरिरहेका छन् भने त्यसको आडमा अन्य विद्यार्थीहरुलाई पनि फेल गर्ने गरेको दावी गरिएको छ ।

एक्सपेल्ड गरिएको कारण धेरै विद्यार्थीहरु मानसिक तनाव छ । कतिपय पागल भएका छन्, कतिपयले अध्ययन छाडेर खेतीपातीमा लागेका छन् । यो एकजनालाई मात्र असर गर्दैन, यसरी फेल गरेको वा एक्सपेल्ड गरेका सन्तानलाई पनि असर गरेको देखिन्छ । बुवालाई एक्सपेल्ड गरेको हिनताबोध छोराले पनि गरेको एक अध्ययनले देखाएको छ ।

कान्तिपुरका पत्रकार दिनेश यादवले गरेको एकअध्ययन अनुसार त्रिविबाट एक्सपेल्ड (निष्काशित) हुने विद्यार्थीमध्ये ९० प्रतिशत मधेशकै विद्यार्थी हुन्छन् ।

त्रिविका प्रध्यापक पारस यादवका अनुसार शिक्षाको स्तर र मनोविज्ञानिक रुपमा मधेशलाई कमजोर गर्नका लागि त्रिविले यस्तो गरेको आरोप प्रध्यापक पारस यादवले लगाएका छन् । उहाँले भन्नुभयो, त्रिवि उच्च वर्गको नियन्त्रणमा छ, जसको बालबच्चा विदेशमा बढी रहेका छन् ।’


२०३५ सालसम्म मधेशमा ६० प्रतिशत रिजल्ट हुन्थ्यो तर अहिले पाँच प्रतिशतमा झरेको छ, किन ? उहाँले भन्नुभयो, के मधेशका सबै विद्यार्थी कमजोर नै छन् त ।

अधिवक्ता सुनिल रञ्जनले कुनै विद्यार्थी एक्सपेल्ड भएपछि उ मानसिक कैदी हुने गरेको बताउँदै भन्नुभयो, एक्सपेल्डले गर्दा पछिसम्मको पुस्तालाई असर गर्छ, त्यसैले यसलाई रोक्नुपर्छ ।’

उहाँले मधेशमा छुट्टै विश्वाविद्यालय हुनुपर्ने बताउँदै आयोग गठन गर्नका लागि पनि सरकारमाथि दवाव दिनुपर्ने सुझाव दिनुभयो ।


अस्कल क्याम्पसका प्रध्यापक रामप्रताप यादवले नेपालको परीक्षा प्रणाली ठिक नरहेको दावी गर्नुभयो । भारतमा कुनै विद्यार्थीलाई एक्सपेल्ड गर्नुपर्यो भने उसले विद्यार्थीलाई पत्र पठाएर जानकारी गराउँछ तर यहाँ नेपालमा एक्सपेल्ड भएको जानकारी एकैचोटी रिजल्टबाट थाह हुन्छ, उहाँले भन्नुभयो ।

कार्यक्रममा विद्यार्थी नेता सुजन यादव, विक्की यादव, मनिष मिश्र, विवेक राइका साथै घनश्याम रजक, विन्देश्वर गोइत, रिता मण्डललगायतले आआफ्नो धारणा राख्दै मधेशमा विद्यार्थी एक्सपेल्ड हुनुको कारण खोज्न उच्च स्तरी छानविन आयोग गठन हुनुपर्ने माग गरेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..