» » कपिलवस्तुमा प्रधानमन्त्री प्रचण्डको पुतलादहन


कपिलवस्तु, चैत्र १० गते । जिल्लाको बहादुरगंजलाई नगर केन्द्र कायम गराउन भईरहेको चरणबद्ध आन्दोलममा स्थानियहरुले आज प्रधानमंत्री र स्थानिय विकास मंत्रीको पुतला दहन गरेका छ । 

कपिलबस्तु जिल्लामा स्थानिय निकाय सिमांकनमा विवाद देखिएको छ । 

जिल्लाको कृष्णनगर नगरपालिकाको केन्द्र बहादुरगंज राख्ने जिल्ला प्रविधिक समितिको निर्णय पल्टाई पुनः साविकको कृष्णनगर नै कायम गरिएकोले बहादुरगंज र वरपरका अजिगरा, भिल्मी, पुरुसोत्तमपुर,बिद्यानगर गाविसका सर्वसाधारणहरुलाई सेवा लिन समास्या थपिएको भन्दै आज बहादुरगंज चौकमा प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्ड र स्थानिय बिकास मंत्री कमल थापाको पुतला दहन गरेको छ । 

विगत पाँच दिनदेखि लगातार विरोधका कार्यक्रमहरुको अगुवाई गर्दै आएको जनचेतना युवा क्लबले पुतला दहनपछि जनचेतना मुलक कार्यक्रम तथा हस्ताक्षर संकलन भोलीदेखि अन्य युवा क्लबहरुको समन्यवमा गर्ने जानकारी मनिष गुप्ताले दिनु भएको छ । 






About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..