» » दृष्टिविहीन विद्यार्थीलाई निःशुल्क शिक्षा

राजविराज, फागुन १९ गते । सप्तरीको गम्हरिया प्रवाहा गाविसका चारजना दृष्टिविहीन बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् ।

सप्तरी युथ नेपालले दृष्टिबिहीन चारजना बालबालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवले बताउनुभयो ।

चारै जना बालबालिकाको लालनपालन तथा निःशुल्क शिक्षादीक्षासमेत दिने बताइएको छ ।

गम्हरिया प्रवाह गाविसमा रहेका दृष्टिबिहीन परिवारमध्ये शम्भु मण्डलकी ११ वर्षीया छोरी रञ्जना, १० वर्षीया छोरी सन्तोषी र शिवनारायण मण्डलकी १३ वर्षीया छोरी राधाकुमारी तथा लक्ष्मण मण्डलकी १० वर्षीया छोरी नितुकुमारीलाई बाल आश्रयस्थलमा राखेर निःशुल्क लालनपालन र शिक्षादीक्षा दिइने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालले जनाएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..