» » बहादुरगंञ्ज कायम गराउन चक्काजाम।


मनिष गुप्ता

कपिलवस्तु ,चैत्र ६ गते । जिल्लाको बहादुरगंजलाई नगरसदरमुकाम कायम गराउन युवाहरुले आज दुई घण्टे चक्काजाम गराएको छ ।

जिल्ला प्रविधिक समिति कपिलवस्तुले स्थानीय निकायको पुनर्संरचनामा कृष्णनगर नगरपालिकाको सदरमुकाम बहादुरगंजलाई बनाउने निर्णय गरिपठाईएको ता पनि केन्द्रले सविककै ठाउमा रखेको छ ।

नयाँ संरचनाको खाका आउँदा नगरपालिकाको सदरमुकाम बहादुरगंज हटाएर साविक कै कार्यालय कृष्णनगर नै राखिएकोले बहादुरगंज र वरपरका गाबिस अजिगरा, भिल्मी, पुरुषोत्तमपुर,बिद्यानगर, भगवानपुर लगायतका युवा तथा स्थानियहरु आन्दोलित भएका छन् ।

आन्दोलनको कार्याक्रममा आज दुई घण्टे कृष्णनगर, चन्द्रौटा सडकखण्डमा यातायात बन्द गरिएको थियो ।

पछि गाभिएका गाबिसहरु कृष्णनगरमा विलय हुन नमान्ने भएपछि अहिले आन्दोलनको स्थिति सृजना भएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..