» » पूर्वसभासद सविता यादवले गर्नुभयो एमाले कार्यकर्तामाथि जुत्ता प्रहार

सुनसरी, फागुन २३ गते । संघीय समाजवादी फोरम नेपालकी नेतृ एवं पूर्वसभासद् सविता यादवले एमालेका कार्यकर्तामाथि जुत्ता प्रहार गर्नुभएको छ ।

सुनसरीको इनर्वामा भएको कार्यक्रममा भाग लिन पुगेका कार्यकर्तामा जुत्ता प्रहार गर्नुभएको हो ।
उहाँले कालो झण्डा पनि प्रदर्शन गर्नुभएको थियो । कार्यक्रम सकाएर फर्किने बेला ट्रकमा गइराखेका एमाले कार्यकर्तामाथि उहाँले तलबाट जुत्ता प्रहार गर्नुभयो ।

सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, हामीले विरोध कार्यक्रम गरेका थियौं, त्यसको अवज्ञा गरेको कारण त्यसरी जुत्ता प्रहार गरेकी हुँ ।’ एमालेको कार्यक्रमलाई अवरोध गर्ने कार्यक्रम होइन, तर आफूहरुले गरेको कार्यक्रमको अवज्ञा एमाले पार्टीका नेताहरुले गरेको उहाँले बताउनुभयो ।

एमाले मधेश विरोधी भएका कारण मधेशमा प्रवेश गर्नुको कुनै अधिकार छैन भन्दै उहाँले सविधान संशोधनका बाधक एमाले रहेको बताउनुभयो ।
जुत्ता प्रहार गर्नुअघि कालो झण्डा प्रदर्शन गर्दै पूर्वसभासद् सविता यादव



About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..