काठमाडौ फागुन १८ गते –भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जिभ सिह पुरीलाई सिफारिस गरेको छ । यसअघिका राजदूत रञ्जित रायको आज स्वदेश फर्किन लागेको नयाँ राजदूतको सिफारिस गरिएको स्रोतले जनाएको छ ।
पुरीको बारेमा भारतीय विदेश मन्त्रालयले हिजै नै नेपालका परराष्ट्र मन्त्रालयलाई एग्रिमो पठाएको स्रोतले जनाएको छ । बेल्जियमका लागि भारतीय राजदूत रहि सकेका पुरी सन् १९८२ मा अधिकृत पदबाट परराष्ट्र सेवामा छिरेका पुरी भारतलगायत विदेशस्थित विभिन्न पदमा काम गरिसकेका हुन् ।
नेपाल सरकारले सहमति पठाएपछि मात्र उनी भारतीय राजदूत हुनेछन् । हाल दूतावासका कार्यवाहक भारतीय दुतावासका उपप्रमुख विनय कुमार रहेका छन् ।
यसअघि भारतीय राजदूतका लागि टीएस त्रिमुर्तिको चर्चा थियो ।
No comments: