» »Unlabelled » एमालेका नेता फोरम नेपालमा प्रवेश, विष्णु पौडेललाई धक्का


रुपन्देही फागुन १९ गते । नेकपा एमालेका एक जना प्रभावशाली नेतासहित हजारौंको संख्यामा एमाले नेता कार्यकर्ताको ठूलो समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

एमाले मधेश विरोधी, परिवर्तन विरोधी र जनान्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै उनीहरुले एमाले परित्याग गरी फोरम नेपाल प्रवेश गरेका हुन् ।

एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेको क्षेत्र नं. ४ पूर्वअर्थ मन्त्री एवं निर्वाचित सांसद विष्णु पौडेलको निर्वाचन क्षेत्र हो ।

भारी सँख्यामा प्रभावशाली नेता कार्यकर्ताले पार्टी परित्याग गरेसँगै बुटवलमा एमाले र खासगरी विष्णु पौडेललाई ठूलो धक्का लागेको छ ।

बुटवलमा प्रभावशाली नेताको छवि बनाएका ओमप्रकाश कशौंधन, एमालेको नगर कमिटि उपाध्यक्ष शायदा खातुन र अर्का नेता समिउल्ला शाहको नेतृत्वमा करिब तीन हजारको सँख्यामा नेता कार्यकर्ताले एमाले परित्याग गरेका छन् ।
बिहिबार बुटवलमा आयोजित एक समारोहमा नेता कशौंधन लगायत नवप्रवेशी नेता कार्यकर्ताहरुलाई संघीय समाजवादी फोरम नेपाल रुपन्देही क्षेत्र नं. ४ का अध्यक्ष अशोक वर्माले पार्टी प्रवेश गराउँदै स्वागत गरेका छन् ।

क्षेत्रिय अध्यक्ष वर्माको पहल र सक्रियतामा पार्टी प्रवेश सफल भएको हो ।

नवप्रवेशी कशौधनलाई संघीय समाजवादी फोरम नेपाल, बुटवलको नगर अध्यक्षमा चयन गरिएको छ । एमालेको महिला नगर उपाध्यक्षको पदमा सक्रिय रहेकी शायदा खातुनलाई फोरम नेपालले क्षेत्र नं. ४ को महिला संयोजकको जिम्मेवारी दिएको छ ।

संविधान संशोधनको विपक्षमा उभिएर पछिल्लो समय मधेशका जिल्लाहरुमा कमजोर बन्दै गएको एमालेलाई बुटवलमा ठूलै धक्का लागेको छ ।    

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..