» » हजुर बुवाको सपान साकार गर्दै फरहान


४२ वर्षीया फरहान एकवाल खाँ जो बीएससी पढेर पनि पुर्खाका व्यवसायीलाई धानी रहनु भएको छ । कपिलवस्तु शिवनगर–४ का फरहानले माछा फर्म सञ्चालन गरेर नेपालमै नमूना खेती गरिरहनु भएको छ । यो माछाको खेती उहाँका हजुरवुवा अब्दुल मान्नान खाँले शुरु गर्नुभएको थियो । आफ्नै जमिनमा ११ विघाबाट माछा पालनको व्यवसायी शुरु गर्नुभएको अहिले नाती फरहान खाँले त्यसलाई सम्हाल्दै चलाई राख्नुभएका छ । फरहानका हजुर वुवा यो खेती व्यवसायी रुपमा गर्नुभएको थिएन । आफ्नै जग्गा जमिन प्रयाप्त भएको कारणले सौखको रुपमा माछा पालन गर्नुभएको थियो ।

फरहान भन्नुहुन्छ, ‘हाम्रो हजुरवुवा कुनै पेसागत व्यवसायी हुनुहुन्थेन तर उहाँलाई जे मन लाग्थ्यो त्यही गर्नुहुन्थ्यो । कहिले माछा पालन गर्नुहुन्थ्यो भने कहिले नर्सरी लगाउनु हुन्थ्यो, कहिले कुखुरा पालन गर्नुहुन्थ्यो त कहिले हाँस पालन गर्नुहुन्थ्यो अर्थात गाउँका मान्छेले जे भन्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो । कारण उहाँसँग प्रयाप्त जग्गा, जमिन स्रोत साधन भएको कारणले हजुर बुवा सौखका लागि यी सब गर्नुहुन्थ्यो ।’

फरहानका हजुरवुवाले आफ्नो कार्यकालमा थुप्रै कार्यहरु गर्नुभयो तर माछा पालन र नर्सरी मात्र फस्टायो । १५ विघाजमा आँपको बगैचा छ, त्यसमा लिचिलगायत अन्य बोट विरुवा रहेको छ तर अहिले त्यसलाई व्यवसायीको रुपमा लिएको छैन । त्यसमा त्यति मेहनत गर्न नपरेको फरहान बताउनुहुन्छ । ठूला ठूला रुख भइसकेका छन् । सिजनमा फल्छन्, त्यसलाई नै त्यो बेला अहिल स्याहार सुसार गरि दिनुपर्छ । तर माछाका लागि २४ घण्टा मेहनता गर्नुपर्छ । २४ घण्टा निगरानी गर्नुपर्छ । घरकै छेउमा १५ विघाको ठूलो माछा फर्म रहेको छ ।
२०३५ सालदेखि फरहानका हजुरवुवा अब्दुल मान्नान खाँले माछा पालनको कार्य गर्नु भएको थियो । २०४० मा मात्र उहाँले अलि अलि व्यसायीक रुपमा दिनुभएको थियो । उहाँको निधन भएपछि छोरा अर्थात फरहानका बुवा डा.एकवाल अहमद खाँले सो व्यवसायी सम्हाल्न थाल्नुभएको थियो ।

बुवाले सौखका रुपमा लिएको माछा पालनलाई छोरा डा.एकवाल अहमद खाँले बल्ल व्यवसायी रुप दिनु भएको फरहान खाँले जानकारी गराउनु भयो । उहाँ भन्नुहुन्छ, सायद हजुरवुवाको सपना सकार गर्न नै बुवा यसमा हाम फाल्नुभयो ।’ डा.एकवाल अहमद पेसाले शिक्षक हुनुहुन्थ्यो तर बुवा अब्दुल मन्नान खाँले जसरी माछा पालनमा चासो लिनुभएको थियो, त्यसलाई साकार पार्नका लागि शिक्षक पेसा छाडेर पुरै माछाको व्यवसायीमा नै लाग्नुभयो । माछामा नै उहाँले अध्ययन गर्न थाल्नुभयो । फरहानले भन्नुभयो, बुवाले माछामा नै पीएचडी गर्नुभयो ।’

माछाको बारेमा यसरी जानकारी लिन थाल्नुभयो कि उहाँलाई माछाको डाक्टरको नामले नै चिन्न थाल्नुभएको थियो । आखिर उहाँले माछामा नै पीएचडी गर्नुभएको थियो । फरहान भन्नुहुन्छ, ‘हजुरवुवाले माछा पालन गर्दा खेरी कुनै प्राविधिक सहयोग कसैबाट लिनु भएको थिएन । गाउँघरकै हिसाब किताबले आफ्नो सुझबुझले माछा पालन गर्नुभएको थियो तर जब बुवा यो पेसामा आउनुभयो अनि प्राविधिकहरु खोजखाज गरेर ल्याउनु हुन्थ्यो । मत्स निर्देशनालयबाट प्राविधिक ल्याएर माछा पोखरीको अवलोकन गराएर त्यसमा केही सुधार गर्दै बुवाले त्यसलाई व्यवसायीक रुप दिनुभएको थियो ।’

माओवादीबाट बुवाको हत्या
डा.एकवाल अहमद खाँ माछाको व्यसायीको रुपमा अगाडि बढ्दै हुनुहुन्थ्यो । उहाँको राम्रो प्रगति गर्नुभएको थियो । तर एक दिन घरमै सुतिरिहेको बेला उहाँको हत्या भयो । फरहान खाँ भन्नुहुन्छ, २०५६ साल माघ १३ गते बुवा घरमै सुतिरहेको बेला माओवादीहरु आएर बुवालाई हत्या गरेको थियो । बुवालाई किन हत्या गर्यो अहिलेसम्म खुलेको छैन । काँग्रेसको भएको होला कि अलिकति हुने खाने भएर होला कि, व्यवसायी भएर होला कि थाह छैन कुनै कारण खुलाएको छैन, सिधै गोली हानेर हत्या गर्यो ।’

डा.एकवाल खाँको हत्या हुनुभन्दा पहिले कुनै प्रकारको थ्रेट आएको थिएन, फरहान भन्नुहुन्छ, कुनै सहयोग पनि माग भएको थिएन, माओवादीको द्धन्द शुरु थियो, बुवाले आफ्नो काम जिम्मेवारी पूर्वक गर्दै आउनु भएको थियो । माओवादीबाट कुनै डिमाण्ड वा चाहन व्यक्त भएको भए र त्यो हामीले पूरा नगरेको भए एउटा कुरा तर कुनै जानकारी नै दिइकन, कुनै थ्रेट नै दिइकन बुवाको हत्यो गरियो त्यसले हामीलाई धेरै मर्मात बनायो ।’ उहाँले अगाडि भन्नुहुन्छ, हत्याको एउटै कारण हुनसक्छ, हाइप्रोफाइलका व्यक्तिलाई मारेर सनसनि फैलाउनु, जनतामा एक प्रकारको त्रास फैलाउनु भयो । कपिलवस्तु जिल्लामा माओवादीले पहिलो हत्या गरेको थियो । त्यसले निकै सनिसनि मचियो, माओवादीको दहसत कायम भयो ।’

डा.एकवाल अहमदको हत्या भएपछि व्यवसायी पुरै चौपट भयो । फरहानले भन्नुभयो, बुवाको हत्यापछि हाम्रो परिवार नै विचलित भयो, माओवादीको त्रास हाम्रो परिवारमा छिरियो । घरबार, व्यवसायी छाडेर हामी सपरिवार कृष्णनगर गएर बसेका थियौं । दुई चारवर्षसम्म हाम्रो आँखाको आँसु सुकेन । त्यो बेला लाग्थ्यो मानौ माओवादीको जनयुद्ध हाम्र्रै लागि भएका थियो ।’ डा.अकवाल खाँको हत्यापछि शिवराज नगरबाट कृष्णनगर विस्थापित भएका थिए । त्यसपछि आजसम्म माओवादीबाट कुनै प्रकारको थ्रेट वा दुख दिने काम भएको छैन, यसबाट पुष्टि हुन्छ कि डा.एकवालको हत्या गरेर सो क्षेत्रमा माओवादीेले आफ्नो बर्चस्व देखाउन खोजेका थिए, फरहानले दावी गर्नुभयो ।

डा.एकवालको हत्यापछि माछा व्यवसायी ठेक्कामा लगाए । सालको तीन लाखमा १० वर्षसम्म तौलिहावाका गणेशलाई दिएका थिए । केही समय सोही माछा पालन नवराज नेपालले ठेक्कामा चलाउनु भएको थियो । ठेक्कामा लिएपछि फरहान कृष्णनगरबाट कहिले काही हेर्नका लागि आउनु हुन्थ्यो । १० वर्षसम्म ठेक्कामा नै चल्यो माछा व्यवसायी ।

माओवादी शान्ति प्रकृयामा आएपछि मात्र फरहानले आँट गरेर सो माछा व्यवसायी सञ्चालन गर्नुभयो । खान एकीकृत मत्स र हेचरी संस्था खोलेर नै त्यसलाई सञ्चालनमा ल्याउनु भएको छ । सो हेचरी संस्था उहाँका भाइ फर्कुना एकवालको नामबाट सञ्चालनमा रहेको छ । हालसम्म तीन करोड लगानी भइसकेको छ । त्यसमध्ये एक करोड सरकारका विभिन्न अनुदान सहयोगबाट लिइएको छ भने अरु बाँकी सबै आफ्नै लगानी रहेको छ ।

यसको माछाको बजार बुटवल, चन्द्रौट, कृष्णनगर, भारत (बोर्डर साइड) रहेको छ । उहाँ भन्नुहुन्छ, यो पानीको व्यवसायी हो, यसमा नाफा नोक्सान देखिदैन, तर हालसम्म यो व्यवसायीमा हामीलाई घाटा लागेको छैन, मजुदरको अभाव भइरहेको हुन्छ ।’ राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित फरहानले यो व्यवसायी सञ्चालनका लागि कुनै प्रकारको औपचारिक शिक्षा लिनुभएको छैन । उहाँ भन्नुहुन्छ, हजुरवुवाको पालादेखि यो व्यसायी चल्दै आएको छ, त्यो देखेर नै अलि अलि सिकेको छु र काम गरिरहेको छु ।’

पहिला पहिला यो व्यवसायीमा त्यति फाइदा थिएन, विगत तीन चार वर्षदेखि यो व्यवसायीमा अलिअलि फाइदा हुन थालेको छ । एकसालमा २५ देखि ३० लाखसम्म आम्दानी हुने गरेको छ । व्यवसायी आफ्नो बलबुतामा चलाएपनि सरकारले प्रोत्साहन दिने कुनै नीति ल्याएको छैन । देशमा यतिका साधन स्रोत छ कि माछामा आत्म निर्भर बनाउन सकिन्छ तर सरकारको नीति नै राम्रो नरहेको फरहानको गुनासो छ । नमुना माछा फारम बनाउने सोच छ । सात सातका माछा आफू कहाँ रहेको बताउँदै उहाँले माछाको मूल्य राम्रो नभएका कारणले किसान मारमा परेको गुनासो गर्नुभयो ।
अरु व्यवासायी
फरहानको यो माछा व्यवसायी बाहेक अर्को पनि व्यवसायीहरु छन् । कृष्णनगरमा ट्याक्टरको डिलर छ भने चन्द्रौटमा फुफुरी बोर्डिङ स्कूल पनि छ । फरहान तीन दाजु भाइ हुनुहुन्छ । दुई दाजु भाइ र एक बहिनीको नामबाट नै सो स्कूलको नाम रहेको फरहान बताउनुहुन्छ । हजुर वुवा र बुवाको पनि शिक्षामा विषेश जोड रहेकाले सहुलियतामा शिक्षा दिनका लागि सो बोर्डिङ स्कूल सञ्चालन गरेको उहाँले बताउनुभयो । फरहान वागवानी तथा नर्सरी फारम पनि रहेको छ । त्यो फरहान एकवाल खाँको नाममा रहेको छ ।
४५ विघाको एउटै प्लोट रहेको छ । त्यसैको बीचमा फरहानको ठूलो घर रहेको छ भने त्यही छेउमा माछा पालन र ठूलो बगैचा रहेको छ । १५ विघामा माछा पालन, १५ विघामा आँपको बगैचा रहेको छ र बाँकी १५ विघामा धान, गेहुँ, मकै, उखुलगायतका बाली हुने गरेको फरहान बताउनु हुन्छ । उहाँका एउटा छोरा र दुई छोरी छन् । त्यसमध्ये एउटी डेढ वर्षकी मात्र छिन् । अरु दुईजना छोराछोरीहरु भारतको लखनउमा पढिरहेका छन् भने उहाँका भाइ फुर्कान एकवाल खाँ पनि फरहानसँगै व्यवसायीमै रहेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..