» » मधेश बन्द सफल भएको मधेशी मोर्चाको ठहर (फोटोसहित) (DASTABEJ)













संयुक्त लोकतांत्रीक मधेशी मोर्चा
केन्द्रिय सचिवालय

मिति ः २०७३।११।११
प्रेष–विज्ञप्ती

संयुक्त लोकतांत्रीक मधेशी मोर्चा र सरकार बिच २०७३ श्रावण १९ गते गरिएको ३ बँुदे सम्झौतामा उल्लेख भए वमोजिम मधेश र थरुहट आन्दोलनको क्रममा आन्दोलनकारीहरु माथी लगाइएका झुठा मुद्दा फिर्ता, आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरु मध्ये बाँकी रहेकाहरुलाई शहिद घोषणा लगायत सरकार आफैद्वार मंसीर १४ गते संसदमा दर्ता गराइएको संविधान संशोधन विद्येयकलाइ टुंगो नलगाइ प्रस्तावित गरिएको स्थानीय निर्वाचन मिति सम्बन्धी मंत्री परिषद्को निर्णयले हामीलाई आन्दोलन गर्न बाध्य बनाएको छ ।

संयुक्त लोकतांत्रीक मधेशी मोर्चाको आह्वानमा आज सम्पन्न “मधेश बन्द”  पुर्ण रुपमा सफल पार्नुहुने सम्पुर्ण न्यायप्रेमी जनसमुदायमा मोर्चा धन्यवाद व्यक्त गर्दछ ।

आजको शान्तिपुर्ण मधेश बन्दको क्रममा एमाले उपाध्यक्ष वामदेव गौतमको भ्रमण बहानामा स्थानीय प्रसाशनद्वारा जनकपुरमा सद्भावना पार्टीका नेता श्री राजकुमार साह, विद्यार्थी मञ्चका नेता श्री कुल्दीप साह लगायतलाई गम्भीर घायल बनाएको घटनाको मोर्चा निन्दा गर्दछ ।  घायल नेतागणको स्वास्थ्य लाभको मोर्चा कामना गर्दछ ।

संविधानको धारा ५६(५) विपरीत स्थानीय तह पुर्नसरचना आयोगको  अवैज्ञानिक, अधुरो र अपुरो प्रतिवेदनको आधारमा, मोर्चाद्वारा सरकारलाई बारम्बार गर्दै आएको आग्रहलाई वेवास्ता गर्दै तथा नेपालको संविधान २०७२ लाइ सर्वस्वीकार्य हुन नदिने मनसायकासाथ सरकारद्वारा जबरदस्ती स्थानीय निर्वाचनको मिति तोक्नु दुर्भाग्यपुर्ण कार्य हो ।

अतः सरकारद्वारा संसदमा दर्ता गराइएको संविधान संशोधन विद्येयकलाई आपसी सहमतिको आधारमा परिमार्जन सहित पारित नभएसम्म र आफ्ना मुद्दाहरुको सम्बोधन नभए सम्म  मधेश संघर्षरत रहन बाध्य छ । मोर्चाद्वारा मधेशभरी भोली २०७३ फाल्गुन १२ देखी आगामी १५ दिन सम्म गाउँ, नगर तथा सदरमुकामहरुमा भण्डाफोर कार्यक्रम गरिने छ ।

                                 ................................................
                                मनिष कुमार सुमन
(संयुक्त लोकतांत्रीक मधेशी मोर्चाको सचिवालयको तर्फ बाट)

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..