» » मन्दिरका पुजारीको हत्या

महोत्तरी, फागुन १४ गते ।  महोत्तरीको बर्दिवास नगरपालिका– ५ स्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका पूजारी ७९ वर्षीय बाबा रामजी शाहीको आज हत्या भएको छ ।

मन्दिरको ५० मिटर पश्चिमतर्फ पिसाब गर्न गएको समयमा बाँसको चिर्पटले टाउकोमा प्रहार गरी उनको हत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले स्थानीय २८ वर्षीय हर्कबहादुर माझीलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिएको बर्दिवासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिनुभयो ।

शाहीको शव परीक्षणका लागि सदरमुकाम जलेश्वर पठाइएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..