» » गच्छदार ठूलो कि उपेन्द्र ठूलो ?


काठमाडौ माघ २७ गते । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र विजयकुमा गच्छदार नेतृत्वको मधेशी जनअधिकार  फोरम लोकतान्त्रिकमध्ये कुन ठूलो हो, त्यो विषय चर्चामा आएको हो ।

संसदी दलको हिसाबले होस् वा पार्टी दलीय हिसाबले होस् फोरम नेपाल नै ठूलो छ तर गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई पाँचौ ठूलो दलको रुपमा विभिन्न बैठकहरुमा स्थान दिन थालेपछि फोरम नेपाल आश्चर्यमा परेको छ ।

फोरम नेपालसँग १५ सांसद छन् भने फोरम लोकतान्त्रिकसँग १४ सांसद मात्र छन् । उपेन्द्र यादवले अशोक राईसँग एकीकरण नगर्दासम्म विजयकुमार गच्छदारको पार्टी नै ठूलो थियो ।

एकीकरण भएपछि उपेन्द्र यादवको पार्टी ठूलो भएको छ । तर, पहिलादेखि पाँचौ ठूलो पार्टीको रुपमा गच्छदारको पार्टीलाई विभिन्न उच्चस्तरीय बैठकमा ठूलो दलको हैसियतले सहभागि गराउँदै आएको थियो त्यो हालसम्म कायम छ जब अब फोरम नेपाल गच्छदार भन्दा ठूलो पार्टी भइसकेको छ ।

गच्छदारको पार्टीभन्दा उपेन्द्र यादवको पार्टी ठूलो आकार लिइसकेपनि राष्ट्रपतिदेखि प्रधानमन्त्रीलगायत विभिन्न उच्चस्तरीय बैठकमा गच्छदारलाई नै सहभागि गराउँदै आएका छन् ।

्आज पनि प्रधानमन्त्री प्रचण्डले पाँच ठूला दललाई बोलाएका थिए त्यसमा गच्छदारको पार्टीलाई बोलाउनु भएको थियो त्यसमा सो पार्टीबाट उपाध्यक्ष जितेन्द्रनारायण देवको सहभागिता थियो ।

सो बैठकपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले आफ्नो फेसबुकमा एउटा स्टाट्स लेखेर त्यसको विरोध गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, कहिलेदेखि पाँचौं ठूलो दल बन्यो ? प्रधानमन्त्रीको आह्वानमा आज प्रमुख पाँच दलको बैठक बस्यो, जसमा गच्छदारको पार्टी पनि सहभागी थियो । जबकि, कांग्रेस, एमाले, माओवादी र राप्रपापछि संसदमा पाँचौ ठूलो दल संघीय समाजवादी फोरम नेपाल हो । तर, फोरम नेपाललाई बोलाइएन । मर्यादाक्रम मिच्याईको श्रृंखला लामै छ । सरकारले गन्ती बिर्सेको हो कि, गलत परम्परालाई प्रसय दिएको ?

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..