» » अनुसन्धानका लागि सिके राउतलाई अझै १० दिन थुनामा राख्ने

सिरहा फागुन ११ गते । राष्ट्रहित विपरितको गतिविधि गरेको अभियोगमा पक्राउ परेका सि.के. राउतलाई जिल्ला अदालत सिरहाले फेरि थप दश दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

धनुषाको जनकपुरमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमार्फत् राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएपछि अदालतमा पेश गरिएका राउतलाई तेस्रो पटक आज थप दस दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको हो ।

राउतलाई पहिलो पटक माघ २१ गते पनि अदालतले अनुसन्धानका लागि दस दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो । यो दोस्रोपटक हो ।

यसैबीच, राउतका कार्यकर्ताले सिरहा सदरमुकाम जाने सडकमा पर्ने सिरहा नगरपालिका ११ भलुवाही चोकमा झुण्ड्याएको ब्यानर प्रहरीले हटाउँदै गर्दाको फोटो खिच्दा सिरहाका पत्रकार सुरेन्द्र कामती कुटिएका छन् । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..