» » सद्भावनाले के गर्दैछ वीरगञ्जमा ?


हिजोदेखि वीरगञ्जमा राष्ट्रिय कार्यसमितिको बैठक शुरु भएको छे । सो बैठकमा विभिन्न नौवटा एजेण्डामा छलफल शुरु भएको छ । केन्द्रीय सदस्य योगेन्द्र राय यादवका अनुसार एजेण्डामाथि बैठकमा सहभागि विभिन्न जिल्ला समिति, सल्लाहकार समिति, बर्गीय मञ्चका इन्चार्जहरुले सुझाव दिएको छ ।
आएको सुझावका आधार पार्टीको तर्फबाट पेस भएको एजेण्डा तथा राजनीतिक प्रस्ताव पारित हुने बताइएको छ ।

जेठमा महाधिवेशन गर्ने समेत प्रस्ताव गरिएको छ । त्यसअघि जिल्लादेखि विभिन्न तहको अधिवेशन सकिनुपर्ने छलफल भइरहेको नेता यादवले जानकारी गराउनु भयो । एजेण्डामाथि नेताहरुले आआफ्नो सुझावहरु राखि रहेका छन् ।
तीन बुँदे सम्झौताको आधारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको निष्कर्ष पार्टीले निकालेको छ । जबसम्म सविधान संशोधन हुँदैन तबसम्म कुनै पनि चुनावमा भाग लिन नहुने समेत निष्कर्ष निकालेको बताइएको छ ।


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..