» » मधेशी सांसदसँग छलफल

काठमाडौं फागुन २ गते । स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनमाथिको गुनासो अध्ययन गर्न गठित कार्यदलले दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरिरहेको छ ।

स्थानीय तह पुनर्संरचनासम्बन्धी विवाद सुल्झाउने प्रयासस्वरुप आईतबार सप्तरी जिल्लाका प्रत्यक्ष निर्वाचित तथा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरु छलफल गरेको कार्यदलले सोमबार सिरहा, महोत्तरी र धनुषाका सांसदहरुसँग छलफल गर्दैछ ।

कार्यदलले बिहान सिरहाका, दिउँसो महोत्तरीका र साँझ धनाुषाका सांसदहरुसँग छलफल गर्ने कार्यतालिका बनाएको छ । त्यस्तै कार्यदलले मंगलबार मंगलबार सर्लाही, पर्सा, बारा र रौतहटबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्नेछ ।

सांसदहरुसँगको छलफलपछि कार्यदलले सुझावसहितको प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्नेछ । कार्यदलको सुझावकै आधारमा स्थानीय तह पुनर्संचना सम्बन्धी विवादलाई टुङ्ग्याउँने तयारी सरकारको छ ।

मन्त्रिपरिषद्ले गत माघ २० गते स्थानीय तह पुनर्संचनासम्बन्धी गुनासो सुनेर सरकारलाई सुझाव दिन स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्ऽराज जोशी र आपूर्तिमन्त्री दीपक बोहोरा सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

समितिलाई आवश्यक सुझावसहितको प्रतिवदेन दिन १५ दिनको समयसीमा दिईएको छ । यसअघि स्थानीय तह पुनर्संरचनासम्बन्धी आयोगले प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि पनि दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको थियो ।
onlinekhabar

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..