» » सरकारबाट समर्थन फिर्ता लिने अधिकार मधेशी मोर्चालाई


काठमाडौ फागुन १३ गते । सरकारलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले समर्थन दिएका हुनाले त्यहाँबाट समर्थन फिर्ता लिने कि नलिने अधिकार उसैलाई भएकाले हुनाले निर्णय लिने अधिकार मधेशी मोर्चालाई दिएको छ ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बसेको बैठक गठबन्धनले त्यस्तो अधिकार दिएका हो । गठबन्धनकै बैठक सरकारबाट समर्थन फिर्ता लिन विषयमा कुरा उठेको थियो तर त्यसलाई पन्छाएर मधेशी मोर्चामा पठाएको छ जब कि मधेशी मोर्चामा पनि सरकारबाट समर्थन फिर्ता लिने कुरा आएपछि गठबन्धनको बैठकबाट निर्णय लिने छलफल गरेको थियो तर आज बसेको गठबन्धनले फेरि मधेशी मोर्चातिर पन्छाई दिएको छ ।
साथै, अगामी आन्दोलनको विषयमा छलफल हुँदा त्यसको विषयमा छलफल गर्न नौ सदस्य कार्यदल बनाएको छ
त्यसैगर आन्दोलनको विषयमा छलफल गर्नका लागि नौ सदस्यीय कार्यदल बनाइएको छ । सो कार्यदलले सात दिनभित्र आफ्ना कार्यक्रम पेस गर्नेछ ।
फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा गठन भएको कार्यदलमा तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लाल, राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा, तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव, डा.ओम गुरुङग, डा.विजय सैजु, प्रेम बहादुर खाती, दलमर्दन कामी र दुर्गा रहेका छन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..