» » राजदुत रन्जित रायका लागि मधेशी मोर्चाले गर्दैछन् भव्य पाटी

काठमाडौ फागुन ६ गते । नेपालका लागि भारतीय राजदूत रन्जित रायका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भव्य पाटी दिनेका भएका छन् ।

राजदुत राय फागुन १७ गते जागिरबाट अनिवार्य अवकाश लिँदै हुनुहुन्छ । नेपालमा राजदूतको रुपमा कार्यरत रहेकै बेला उहाँ अवकाश पाएपछि त्यसको अवसरमा उहाँका लागि मधेशी मोर्चाले फागुन १४ गते साँझ र्याडिशन होटलमा भव्य पाटीको आयोजना गर्न लागेको स्रोतले जनाएको छ ।

तमलोपाको पार्टी कार्यालयमा हिजो बसेको मधेशी मोर्चाको बैठकले राजदुत रायको विदाईका लागि भव्य समारोह गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

अवकाश प्राप्त गर्नुअघि रायले विदामा बस्नु भएको छ । उहाँ दुतावासमा कामकाज गर्नु हुन्न तर विदाई समारोहमा सहभागि हुँदै आउनु भएको छ । वीरगञ्ज, भैरहवा, जनकपुरलगायतका ठाउँमा भव्य विदाई कार्यक्रम सम्पन्न भइसकेको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..