» » सामूहिक बलात्कारमा संलग्न सार्वजनिक


कपिलवस्तु, फागुन ५ गते । सामूहिक बलात्कारको भिडियो रेकर्ड र छ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी हिजो सार्वजनिक गरेको छ ।

जबर्जस्ती करणीको आरोपमा पकडी गाविस–४ पिचुर्खीका २० वर्षिय ‘बब्लु’ भन्ने अब्दुल रसिद मुसलमान र सोही ठाउँ निवासी २० वर्षीय राहत हुसेन मुसलमानलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक भोजजङ्ग शाहले बताउनुभयो ।

उनीहरूमाथि गत माघ २६ गते बिहान १० बजे बाँसखोर गाविसस्थित मर्थी खोला नजिकै एक युवतीलाई बलात्कार गरेर भिडियो रेकर्ड गरेको आरोप छ ।

सो घटनामा छ जना संलग्न भएको भनिए पनि प्रहरीले दुई जनालाई मात्रै पक्राउ गरेको छ । सामूहिक बलात्कारमा संलग्न अन्य फरार भएकाको विशेष प्रहरी टोली गठन गरी खोजतलास गर्न प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।

यसैगरी शिवराज नगरपालिकाकी छ वर्षीय बालिकाको बलात्कारपछि हत्याकोे अभियोग लागेका शिवराज नगरपालिका–१० प्रगतिटोल बस्ने १८ वर्षीय भीमबहादुर कुँवरलाई पनि पक्राउ गरिएको छ ।

शोभाखर अधिकारीको छोरी छ वर्षीया सीतालाई बलात्कार गरी जुवइखोलामा फालेको आरोपमा पक्राउ परेका कुँवरलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..