» » फोरम नेपालको जिल्ला अधिवेशनमा कहाँ के हुँदैछ नयाँ अपडेट


काठमाडौं माघ २९ गते । संघीय समाजवादी फोरम नेपाल, सप्तरी जिल्लाको प्रथम एकता अधिवेशन आज उद्घाटन हुँदैछ ।

जिल्लाको नयाँ नेतृत्व चयनका लागि सप्तरीको राजविराजमा दिउँसो एक बजेदेखि अधिवेशन सत्रको उद्घाटन हुने फोरम नेपाल मधेश प्रदेशका मुख्य सचिव शम्भु झाले जानकारी दिनुभयो ।

अधिवेशन उद्घाटनका लागि फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सप्तरी पुगिसक्नुभएको छ । जिल्लाको नयाँ नेतृत्वका दिनेशकुमार यादव र सुरेन्द्र यादव सुरुवाती प्रतिस्पर्धामा देखिनु भएको छ ।

आइतबार सुरु हुने बन्द सत्रमा सके सहमतिका आधारमा नभए निर्वाचन प्रक्रियाबाट सप्तरीका लागि नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

यसैगरी, संघीय समाजवादी फोरम नेपाल, पर्साको आज नयाँ नेतृत्व चयन हुँदैछ । शनिबार बिहान १२ बजेदेखि जिल्लाको बन्द सत्र सुरु भएको छ । आजको बन्द सत्रले पर्साको नयाँ नेतृत्व चयन गर्ने मधेश प्रदेशका सचिव सलाउद्दीन अहमदले जानकारी दिनुभयो । पर्साको प्रथम एकता जिल्ला अधिवेशन शुक्रबारदेखि वीरगञ्जमा सुरु भएको थियो ।

त्यस्तै, फोरम नेपाल रौटहत जिल्लाको अधिवेशन उद्घाटन भइसकेको छ । नयाँ नेतृत्वका लागि सहमतिको प्रयास त्यहाँ जारी रहेपनि सहमति हुन नसके निर्वाचन प्रक्रियाका लागि मिति तोकेर जाने फोरम नेपालका केन्द्रीय सदस्य बबन सिंहले जानकारी गराउनुभयो । उता, कपिलबस्तुमा सहमतिको प्रयास विफल भएपछि फागुन तीन गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..