» » सदभावना पार्टीको प्रगतिको कामना गर्दै सहमहामन्त्री गुप्ताले दिनुभयो राजिनामा


सिरहा, फागुन २ गते । सदभावना पार्टीका सह–महामन्त्री राजु गुप्ताले आफनो पदबाट राजीनमा दिनु भएको छ ।

वीरगञ्जमा बसेको विस्तारित बैठकमा राजीनमा दिनु भएको सहमहामन्त्री गुप्ताले बताउनु भएको छ ।

पहिलो संविधान सभामा सिरहा–१ वाट प्रत्यक्ष उम्मेदवार भई र।ाम्रो मत ल्याउनु भएको गुप्ता त्यस पार्टीको चर्चित नेता रहेकोले उहाँको राजीनमाबाट पार्टीलाई ठूलो झटका लागेको बताइन्छ ।

पार्टी नेपाल प्रवेश निकै असन्तुष्टि भएकोले राजीनमा दिनु परेको भन्दै नेताले अहिले तत्कालै कुनै पार्टीमा प्रवेश गर्ने कुनै अवस्था नरहेको बताउनुभयो ।

गुप्ताले दिएको राजिनामा स्वीकार गरिएको छैन । यस विषयमा गुप्तासँग सम्पर्क गर्दा उहाँले राजिनामाको कारण खुलाउन चाहनु भएन ।

उहाँले आफूले पार्टीबाट राजिनामा दिएपछि त्यसका विरुद्धमा केही बोल्न नचाहेको बताउनुभयो ।

उहाँले पार्टीको आन्तरिक कारण तथा आफ्नो व्यक्तिगत कारणले राजिनामा दिएको मात्र बताउनुभयो ।
उहाँले २०४७ सालदेखि सद्भावना पार्टीमा आवद्ध हुनु भएको हो । उहाँले सद्भावना पार्टीको प्रगतिको कामना पनि गर्नुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..