» » निर्वाचनका लागि अब मधेशी मोर्चालाई नपर्खिने


काठमाडौ फागुन ५ गते । सविधान संशोधनको प्रकृया शुरु गरेर निर्वाचनको मिति घोषणा गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ ।

बालुवाटारमा आज दिउँसो बसेको माओवादी हेडक्वाटरको बैठकमा मधेशी मोर्चाको बाटो नफर्कि निर्वाचनको मिति घोषणा गरेर अगाडि बढ्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

फागुन १० गते संसद सुचारु भएपछि संशोधन विधेयकलाई छलफलका लागि प्रस्तुत गर्ने र यता निर्वाचनको मिति घोषणा गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ ।

संसदमा छलफलका लागि पेस भएपछि आउने परिणामलाई स्वीकार गर्नुपर्ने माओवादी केन्द्रले निष्कर्ष निकाल्ने भनेको छ, यदि एमालेले विधेयकमा समर्थन गरेन भने मधेशी, अािदवासी जनजातिको बीचमा एमालेको भण्डाफोर हुने कुरा पनि उठेको छ ।

सविधान संशोधन र निर्वाचनको विषयमा मधेशी मोर्चा र एमालेलाई छुट्टा छुट्टै भेट्ने सरकारले तयारी गरेको छ । शनिवार मधेशी मोर्चालाई विहानै १० बजे बालुवाटार बोलाएको छ भने आजै प्रधानमन्त्री प्रचण्डले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग चनुावको विषयमा छलफल गरेका छन् 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..