» » सिके राउतको कार्यकर्तामाथि राज्य विप्लवको मुद्दा

सिके राउतका कार्यकर्ताले प्रहरीबाट खोसेका हतियार  

रुपन्देही फागुन ८ गते । स्वतन्त्र मधेसको माग गर्दै अभियान चलाउने सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका ६ जनालाई प्रहरीले राज्य विप्लवको मुद्दा चलाएको छ।

हिजो रुपन्देहीको मर्चवारबाट पक्राउ परेका उहाँहरुलाई जिल्ला प्रहरी कार्यालयले आज जिल्ला अदालत रुपन्देहीमा राज्य विप्लव मुद्दा दर्ता गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अुनसार बोगडी ५ का उदिप यादव, बयरघाट ४ का मक्बुल अन्सारी, लुम्बिनी सांस्कृतिक नगरपालिका १९ का विकासप्रसाद लोध, रोहिणीहवा ४ का परमेश्वर यादव, कम्हरिया ८ का मुकेश साहनी र कपिलवस्तु मोतीभारीका जितेन्द्र चौधरी विरुद्ध राज्य विप्लव मुद्दा चलाइएको हो।

उहाँहरुले सीके राउतको स्वतन्त्र मधेस अभियानलाई साथ दिदै राज्य विरुद्ध संगठित अपराध गरेको प्रहरीको आरोप छ ।

 पक्राउ परेकाहरुको रिहाइको माग गर्दै पनि राउतका कार्यकर्ताले मर्चवारमा प्रदर्शन गर्दै प्रहरी चौकीमाथि आक्रमण गरेका थिए। आन्दोलनकारीले मर्चवारको वडवडिया प्रहरी चौकीमा ढुंगामुढा गरी हतियार समेत लुटेका थिए।

ुलुटिएका हतियारमध्ये एसएलआर, म्यागेजिन प्रहरीले फिर्ता ल्याएका छन् । ग्यास गन र केही ग्यासहरु प्रहरीले फेला पारेको छैन। 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..