» » १४ राजदूत नियुक्तीमा एक मधेशी मात्र


आज दिउँसो बसेको दोस्रो चरणको मन्त्री परिषद्को बैठकले विभिन्न १४ देशकालागि राजदूतको सिफारिस गर्ने निर्णय गरेको छ त्यसमध्ये एकजना मात्र मधेशी परेका छन् ।
माओवादी केन्द्रका कोटाबाट प्रध्यापक महेन्द्र सिंह साउदीका लागि राजदूतमा सिफारिस हुनु भएको छ । मधेशी मोर्चाले राजदूत नियुक्ति समावेशी गर्न पटक पटक प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको थियो तर कुनै सुनुवाई भएन ।
ठूला दलहरुले आफैमा राजदूत भागबण्डा गरेका छन् । कांग्रेसबाट ६, माओवादीबाट ४, राप्रपाबाट ३ र फोरम लोकतान्त्रिकबाट १ जनाको नाम सिफारिश भएका छन् ।

राजदुतहरुमा कांग्रेसबाट अर्जुनजंगबहादुर सिंह कोरियाका लागि हुनुभएको छ भने रमेशप्रसाद कोइराला कतारका लागि सिफारिस हुनुभएको छ ।

त्यस्तै काँग्रेसकै कोटाबाट आशा लामा यूएइर्, भीम उदास, म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंकाका लागि सिफारिस हुनुभएको छ ।
माओवादी केन्द्रबाट सिफारिस भएका चारमध्ये लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब, पदम सुन्दास बहराइन र युवनाथ लम्साल डेनमार्कका लागि सिफारिस हुनुभएको छ ।

राप्रपाबाट निरन्जन थापा इजरायल, प्रतिभा राणा जापान र भरत रायमाझी स्पेन रहनु भएको छ ।
सरकारको निकट रहेका मधेशी मोर्चाले एकजना नाम हाल्न सफल भएन तर सरकारलाई समर्थन गरेपनि दुरी बनाएर बसेका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट शर्मिला पराजुुली ओमानका लागि सिफारिस हुनुभएको हो ।

तर विडम्बना मधेशी पार्टी भएपनि फोरम लोकतान्त्रिकले मधेशीलाई बनाएनन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..