» » मधेशी मोर्चाले फेरि बनाउँदैछ मधेशी जनतालाई मुर्ख

काठमाडौ फागुन ९ गते । एउटा भनाई छ–‘तिमी कुट्ने जस्ता गर म रुने जस्तो गर्छु’ । अहिले त्यस्तै भएको छ सरकार र मधेशी मोर्चाको बीचमा ।

सरकार र मधेशी मोर्चामा पहिला नै सहमति भइसकेको थियो कि ‘तपाई चुनावको मिति घोषणा गर्नुस् हामी आन्दोलनको घोषणा गर्छौ ।’ सविधान संशोधन नगरिकन चुनावको मिति घोषणा गरियो भने मधेशी जनतालाई चित्त बुझाउन गाह्रो हुने भएकाले चुनावको मिति घोषणा हुने वित्तिकै आन्दोलनको घोषणा गर्ने सहमति गरेर नै त्यस्तो भएको स्रोतले जनाएको छ ।

चुनावको मिति घोषणा गरेपछि प्रधानजमन्त्री प्रचण्डले भोली फागुन १० गते संशोधन विधेयक पनि संसदमा छलफलका लागि प्रस्तुत गर्नेछ । तर, त्यो पास हुन्छ कि हुँदैन त्यसको ग्यारेण्टी छैन ।

यो कुरा प्रचण्डले पहिले नै मधेशी मोर्चाका नेतालाई भनि सकेका छन् । माओवादी केन्द्रका एक नेताले भने, यदि सविधान संशोधन विधेयक संसदमा पेस गरेपछि त्यो पास हुँदैन्थ्यो र त्यसपछि मात्र चुनावको मिति घोषणा गरेको भए यो अवस्था रहने थिएन, अर्थात चुनावको मिति घोषणा गर्न निकै गाह्रो हुन्थ्यो । अब त चुनावको मिति घोषणा भयो, विधेयकलाई संसदमा छलफलका लागि पेस गर्नेछ यदि पास भएन भन भन्नलाई हुन्छ कि संसदमा दुई तिहाई बहुमत पुगेन  र त्यो पास भएन ।’
र, यही हुने अवस्था छ ।

यदि त्यस्तो होइन भने चुनावको मिति घोषणा गर्ने दिनदेखि नै सरकारबाट समर्थन फिर्र्ता लिन बालुवाटारमा दिएको राजकिशोर यादव, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरको चेतावनीको के भयो ? मधेश पोल्टिक्सका एकजानकारले भने, यो मधेशी जनतालाई मुर्ख बनाउने खेल मात्र हो ।

उनले भने, मधेशी मोर्चाले जारी गरेको आजको विज्ञप्ति राम्रोसँग पढ्नु भयो भने मोर्चाको नियत स्पष्ट हुन्छ । विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संसदमा दर्ता गराइएको यो संविधान संशोधन विधयेकलाई परिमार्जन सहित पारित नहुन्जेल हुने कुनै पनि निर्वाचनमा सहभागी त हुदैन हुदैन मधेशमा त्यस्ता निर्वाचन हुन पनि दिँदैन । अतः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारद्वारा संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयकलाई आपसी सहमतिको आधारमा परिमार्जन सहित पारित नभएसम्म आन्दोलन गर्न हामी बाध्य छौँ ।’

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..