» » शिक्षकहरुलाई तीन दिने तालिम

लहान, फागुन ६ गते । सप्तरीको कुशहास्थित रहेको मसिलाल जनता उच्च माध्यमिक विद्यालयमा सामुदायिक विद्यालयहरुका कक्षा ४ र ५ मा अध्यापन गराईरहने शिक्षकहरुका लागि प्रशंसनीय खोज विषयक तीन दिने क्षमता अभिबृद्धि तालिम आज सुरु भएको छ ।

मसिलाल जनता उच्च माध्यमिक बिधालय कुशहाका विाद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद चौधरीको अध्यतामा भएको सो तीन दिने  क्षमता अभिबृद्धि तालिमको सहजिकरण जिल्ला शिक्षा कार्यालय सप्तरीका कुशहा श्रोत केन्द्रका श्रोत व्यतिm भोगेन्द्र प्रसाद यादवले गरिरहनु भएको छ ।

स्पोन्सरशिप कार्यक्रम अन्तर्गत सबल नेपालको आयोजना र सेभ द चिल्ड्रेनको सहयोग र जिल्ला शिक्षा कार्यालय राजविराज सप्तरीको समन्वयमा सुरु भएको उतm तीन दिने तालिममा सप्तरी जिल्लाका २९ वटा विद्यालयका शिक्षक शिक्षकाहरुको सहभागिता रहेको आयोजक संस्थाका फिल्ड अधिकृत निर बहादुर आलेले जानकारी दिए । तालिम आइतबारसम्म चल्ने आयोजक संस्थाले जनाएका छन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..