» » मधेशी भिआपीसँग मात्र यस्तो किन हुन्छ पटक पटक


काठमाडौ फागुन ७ गते । सरकारकै सार्वजनिक कार्यक्रममा मधेशी भिआइपीहरु अपमानित हुँदै आएका छन् ।

आज प्रजातन्त्र दिवसका उपलक्ष्यमा आज टुडिखेलमा आयोजित कार्यक्रमबाट उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका लागि कुर्सि छुट्याएको थिएन रिसाएर कार्यक्रमबाट फर्किनु भयो भने यसअघि पूर्वराष्ट्रपति परमानन्द झालाई जेठ १६ गते गणतन्त्र दिवसको उपलक्ष्यमा कार्यक्रममा आमन्त्रण गरेको थियो तर उहाँका लागि बस्ने कुर्सि नै राखेको थिएन र उहाँ पनि रिसाएर कार्यक्रम बहिष्कार गरि निस्किनु भएको थियो ।

यसलाई राज्यबाट नै मधेशीको अपमान हुने गरेको जानकारहरु बताउँछन् ।

आज टुडिखलमा प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेका कार्यक्रममा मार्यादाक्रम अनुसार गृहमन्त्री निधिका कुर्सि राखिएका थिएन । त्यही भएर उहाँ कार्यक्रममा जाने वित्तिकै बस्दै नबसि कार्यक्रम बहिष्कार गरि फर्किनु भयो ।

उहाँ कार्यक्रममा गएर आफ्नो सिट खोजेका थिए तर सो सिट मार्यादाक्रम अनुसार नराखेको कारण कार्यक्रम बहिष्कार गरेर नै हिडेको उहाँका प्रेस सल्लाहकार रामजी दहालले जानकारी गराउनुभयो ।



About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..